Hotel Flora Long Ad

चोरी भएका दुई मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो

कैलालीमा चोरी भएका दुइ मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।

जिल्लामा चोरी भएका दुई मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाएको कैलाली प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार आइतबार र सोमबार चोरी भएका मोटरसाइलक फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइएको छ ।

जिल्लाको गोदावरी नगरपालीका ५ का चन्दे रानाको सु.प.प्र. ०१००८ प ८०२७ नम्बरको यामाहा एफजेड मोटरसाइकल र धनगढी उपमहानगरपालीका ४ का दिपेश प्रसाद देवकोटाको आफ्नै घरबाट चोरी भएको मोटरसाइकल प्रहरीले सम्बन्धित धनीलाई बुझाएको उनले जानकारी गराए ।

रानाको मोटरसाइकल चोरी भएको उजुरी दिएपछि प्रहरीले खोजबिन गर्दा धनगढी उपमहानगरपालिका ३ शान्ति सामुदायिक वन नजिक फेला पारेको थियो, भने देवकोटाको मोटरसाइकल प्रहरीले सञ्चय कोष कार्यालय नजिक फेला पारेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराए ।


१९ फागुन २०७७, बुधवार १४:३६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु