Hotel Flora Long Ad

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकारात्मक

सरकार र विप्लव समूहबीच पहिलो चरणको सकारात्मक वार्ता भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच सकारात्मक वार्ता भएको हो ।

दुई पक्षबीच आ–आफ्नो कुरा राखेर आजको बैठक सकिएको स्रोतले जनाएको छ ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी भएका थिए ।

प्रकाण्ड र चलाउने बुधबार बिहानै बालुवाटार प्रवेश गरेका थिए भने गृहमन्त्री थापा ९ बजेतिर बालुवाटार पुगेपछि साढे ९ बजे तिरबाट वार्ता सरु भएको थियो ।


१९ फागुन २०७७, बुधवार १२:१६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु