कञ्चनपुरमा ३ लाखको अवैध सामान बरामद

कञ्चनपुरमा ३ लाख बढिको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

भारतबाट नेपाल अवैध रुपमा ल्याउँदै गरेको ३ लाख ३ हजार ५ सय मूल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी र मातहतका बोडर आउट पोष्ट तथा सीमा गस्ती टोलीले बरामद गरेको हो।  

बरामद गरिएका सामानमा माछाका भुरा, साईकल, सुन तथा चाँदीको गहना राख्ने बट्टा लगयातका सामान रहेको सशस्त्र प्रहरीले जनाएको छ।

ती सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय गड्डाचौकी र कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएकाे सशस्त्र प्रहरीले जानकारी दिएको छ।


१६ फागुन २०७७, आइतवार ०८:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु