punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकै परिवारका ३ जना मृत भेटिए

Chaupati
safha napa

गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।

सोमवार बिहान जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा ८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ घरमै मृत भेटिएको प्रहरीले जनाएको छ ।

‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा भेटिएको एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी गराए । हामीलाई खबर गरेपछि बारपाकको टोली घटनास्थल पुगेको उनले बताए ।

मृतकहरुको मुखबाट फिज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको उनले बताए । ‘जौबारीबाट थप प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ, पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने उनले जानकारी गराए ।


१० फागुन २०७७, सोमवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु