punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीले आज दैजी छेला औधोगिक क्षेत्रको शिलान्यास गर्दै

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन्। दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर आउन लागेका हुन्।

प्रधानमन्त्री आउन लागेपछि सुरक्षा व्यवस्थामा कडा पारिएको छ। दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सोमबार प्रधानमन्त्री ओली आउने कुरालाई ध्यानमा राखेर आइतबारदेखि नै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए।
प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए।

प्रधानमन्त्री ओली सोमबार बिहान काठमाण्डौ श्रीएयरलाइन्सको उडान मार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छन्।


१० फागुन २०७७, सोमवार ११:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु