किसानहरुको केराबारीमै देखियो पाटे बाघ

कैलालीमा एक किसानको केराबारीमै बाघ देखा परेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अन्डैया स्थित स्थानीय टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिवार विहान साढे ४ बजे बाघ देखिएको हो ।

घरसँगै जोडिएको आफ्नै केराबारीमा बाघ आएको र विहानैदेखि गर्जिएको किसान टीकाराम चौधरीले बताए । फागुन ३ गते अन्डैयाकी २५ वर्षीया कला धामीमाथि पाटे बाघले आक्रमण गर्दा मृत्यु भएको थियो ।

त्यसैगरी ३० गते जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको हो ।

 


८ फागुन २०७७, शनिवार १०:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु