कैलालीकी पत्रकार उन्नती चौधरीलाई ‘रोटरी जर्नाे अवार्ड’
कैलालीकी पत्रकार उन्नती चौधरी ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार वर्ष सन् २०१९–२० बाट पुरस्कृत भएकी छ्न्। चौधरी केर्नी न्युज डट कम की सम्पादक हुन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठका अनुसार आज काठमाडौंमा आयोजित एक कार्यक्रममा यो अवार्डबाट सुदूरपश्चिम प्रदेशबाट पत्रकार चौधरीसहित प्रत्येक प्रदेशका एक–एक जना गरी सात पत्रकार पुरस्कृत भएका हुन ।
साथै शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच पत्रकार पुरस्कृत भएका हुन् ।
पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
यो अवार्डबाट आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य, वातावरण पत्रकारिता क्षेत्रबाट टीका वन्धन, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन, महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल पुरस्कृत भएका छन् ।
यस्तै प्रदेशअन्तर्गत विनु तिमिल्सिना, श्याम बन्जारा, कमला हमाल, दीपेन्द्र श्रेष्ठ, लक्ष्मी आचार्य र भीमबहादुर सिंह पुरस्कृत भए ।
सोही कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बासु रोटरी भोकेशनल अवार्ड अन गुड गर्भनेन्स’ खोजी पत्रकारिता पुरस्कारबाट छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्रा कुरा डटकम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटी पुरस्कृत भएका छ्न् । यो पुरस्कारको राशि जनही पाँच लाख रहेको छ ।
७ फागुन २०७७, शुक्रवार २३:०६ बजे प्रकाशित













