कञ्चनपुरको छुट्टाछुट्टै ठाउँमा आगलागी
कञ्चनपुरको छुट्टाछुटै ठाउँमा आगलागी भएको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिका र बेदकोट नगरपालिकामा आगलागी भएको हो । जिल्लाको बेलडाँडी गाउँपालिका ५ इमालियामा साँझ ६ बजे स्थानीय सोनुराम चौधरीको २ कोठे कच्ची घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार भान्साबाट सल्को आगोले घरमा आगलागी हुदाँ ५ बोरा धान, १ बोरा कपास जलेर नष्ट भएको छ। स्थानीय र प्रहरीको सक्रियातामा आगो नियन्त्रणमा लिइएको उनले जानकारी गराए ।
त्यसैगरी जिल्लाको बेदकोट नगरपालिका ७ गौजी बस्ने स्थानीय दिवानी सुनारको घरको आँगनमाा राखिएको परालमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय र पशुजन्य क्षति नभएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले जानकारी गराए
८ फागुन २०७७, शनिवार ११:०७ बजे प्रकाशित













