punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाटे बाघ मार्न कैलालीको स्थानीय प्रशासनको आदेश

Chaupati
safha napa

केही दिनयता कैलालीमा आतंक मचाइरहेको पाटे बाघ मार्न कैलालीको स्थानीय प्रशासनले आदेश दिएको छ।

जिल्ला सुरक्षा समिति कैलालीको आइतबार बसेको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको हो।

केही दिनयता आफुहरु सो बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको र व्यवस्थापन गर्न मातहतका निकायलाई परिपत्र गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए्।

पाटेबाघलाई सकेसम्म डार्ट गरेर (बेहोस बनाएर) नियन्त्रणमा लिइने उनले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले नरभक्षी बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले माथिल्लो निकायसँग पहल भइरहेको बताए।


३ फागुन २०७७, सोमवार १४:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु