केआईसिंहमा पहिलोपटक पुग्यो बस

डोटीको केआई सिंह गाउँपालिकामा पहिलो पटक बस पुगेको छ। आइतबार शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले बस सञ्चालनमा ल्याएको हो।

दिपायलबाट २२ किलोमिटरको दुरीमा रहेको गाउँपालिकाको केन्द्रसम्म अब नियमित बस सञ्चालन हुने केआइ सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए।

आफुहरुले जारी गरेको चुनावी घोषणा पत्र अनुसार काम गरिरहेको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी गराए। उनले गाउँपालिकालाई सडक संजालसँग जोड्ने र नियमित बस सञ्चालन गर्ने कुरा घोषणा पत्रमा उल्लेख अनुरुप बस सेवा सञ्चालनमा ल्याएको बताए।

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासीका अनुसार गाउँपालिकाको वडा नम्बर ४ वायलबाट हरेक दिन बिहान ८ः३० बजे धनगढी सम्मका लागि बस छुट्ने छ ।

गाउँपालिकामा बस पुग्दा स्थानीयहरु खुसीभएर ठाउँठाउँमा बाजागाजा सहित फुलमाला अबिरले स्वागत गरेका थिए।


३ फागुन २०७७, सोमवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु