बँदेलको आक्रमणबाट तीन जना घाइते
दार्चुलामा बँदेलको आक्रमणबाट तीन जना घाइते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मल्बावमा जङ्गली बँदेलको आक्रमणमा परि तीन जना घाइते भएका हुन।
स्थानीयका अनुसार गाउँ नजिकैको जङ्गलबाट बस्तीमा पसेको बँदेललाई धपाउने क्रममा आज बिहान ७५ वर्षीया धौली धामी, उनका छोरा १६ वर्षीय गोविन्द , अन्दाजी २० वर्षीय अनिल धामीमाथि आक्रमण भएको छ।
घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेको प्रहरीले कार्यालयले जनाएको छ। थप उपचारको लागी कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
त्यस्तै गोविन्दको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अनिलको शंकरपुर स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले कार्र्र्यालय दार्जुला जनाएको छ।
३ फागुन २०७७, सोमवार १७:१९ बजे प्रकाशित































