ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन : नारायणकाजी
नेकपा (प्रचण्ड–ओली समूह)का नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार अबैधानिक भएको बताएका छन् ।
काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले अबैधानिक तरिकाले प्रतिनिसभा विघटन गरेका ओली नेतृत्वको सरकार अबैधानिक भएकाले उनले एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् ।
असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री कामचलाउ पनि घोषित नभएको र प्रतिनिधिसभा सदस्यसमेत नभएकाले ओली नेतृत्वको सरकार आफैमा अबैधानिक भइसको बताए ।
उनले संविधान विपरित गरेको निर्वाचन मान्य नहुने र उनी आफै पनि त्यो निर्वाचन गर्न नचाहिरहेको बताए । सत्ता लोलुप व्यक्तिलाई सत्ताको नेतृत्वमा दिएर अहिलेको स्थिति आएको भन्दै उनले अब संसद पुनस्र्थापना भएमा नयाँ शिलसिला सुरुवात गरिने बताए ।
२८ माघ २०७७, बुधवार १५:२९ बजे प्रकाशित












