punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केपी ओलीले जमानत पनि जोगान सक्ने छैनन् : झलनाथ खनाल

Chaupati
safha napa

नेकपाका नेता झलनाथ खनालले दुई तिहाई बहुमत ल्याउने दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जमानत पनि जोगाउन नसक्ने दाबी गरेका छन् ।

प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले संविधानअनुसार दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत हुने दाबी गरेका हुन् ।

‘ओलीले अबैधानिक तरिकाले निर्वाचन घोषणा गरेर दुई तिहाई ल्याउँछन् भनिरहनुभएको छ,’ उनले भने, ‘संविधानअनुसार दुई वर्षपछि हुने निर्वाचनमा उनले आफ्नो जमानत पनि जोगाउन सक्ने छैनन् ।’ ओली राजनीतिक रुपले पराजित भइसकेको भन्दै उनले ओली अब भगवानको भरोसामा मात्रै रहेको बताए ।

साथै उनले आधिकारिक नेकपा आफहरुनै भएको दाबी गरे । आजको भेलाले पनि आधिकारकताको प्रमाण दिएको भन्दै उनले निर्वाचन आयोगलाई आधिकारिक नेकपा घोषणा गर्न पनि आग्रह गरे ।


२८ माघ २०७७, बुधवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु