punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बोल्न पाइन्छ भन्दै राष्ट्रपति भण्डारीप्रति झाँक्रीको अर्को गम्भीर आरोप

Chaupati
safha napa

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा भएको आरोप लगाएकी छन् ।

प्रचण्ड–नेपाल समूहको आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । लोकतन्त्रमा सबैले बोल्न पाइन्छ भन्दै उनले कसैको मुख छोपेर नछोपिने बताइन् ।

राष्ट्रपतिविरुद्ध बोलेको आरोपमा आफूविरुद्ध अखिल नेपाल महिला संघ लागिरहेको भन्दै उनले भनिन्, ‘अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादाको विरोधमा बोलेको हुँ,’ उनले भनिन्, ‘बोल्न पान्छ, राष्ट्रपति संस्थाविरुद्ध बोलेको छैन ।’ एक सम्मानित संस्थामा रहेको एक खलपात्रविरुद्ध आफू बालेको उनले प्रष्ट पारिन् ।

साथै उनले प्रधानमन्त्री ओली अब कागजी बादशाहका रुपमा मात्रै रहेको र उनी ढलिसकेको उनले बताइन् । साथै उनले सर्वोच्च अदालतले पनि संविधानअनुसार शक्ति पृथकीकरणको शिद्धान्तको आधारमा फैसला गर्ने विश्वास व्यक्त गरिन् ।


२८ माघ २०७७, बुधवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु