जब श्रीमती आफ्नै घरमा परपुरुषसंग रंगेहात समातिइन्
कञ्चनपुरमा परपुरुषसँग श्रीमतीलाई रंगेहात समाए पछि श्रीमानले बोलाएर प्रहरीलाई जिम्मा लगाएका छन् । पछिल्लो समय समाजमा विकृति मौलाइरहेको छ । नेपाल र नेपालको कला संस्कृति हराई रहेको छ ।
जिल्लाको बेलौरी नगरपालिका ६ बस्ने बिनोद नेपालीले ३८ वर्षीया श्रीमतीलाई परपुरुषसँग रंगेहात समातेपछि कोठा भित्र थुनेर प्रहरीलाई बोलाएर दुवै जनालाई प्रहरीको जिम्मा लगाएका हुन।
नेपालीले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र श्रीमतीलाई कोठामै भेटेपछि थुनेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए।
नेपालीले दुवै जनाले आफूमाथि अभद्र व्यवहार गरेको जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको बताउँदै अदालतबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
२८ माघ २०७७, बुधवार १४:५६ बजे प्रकाशित












