punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वन फँडानी गर्ने सरकारको निर्णय

Chaupati
safha napa

सरकारले सहजपुर–बोगटान–दिपायल सडक आयोजना निर्माणका लागि कैलाली र डोटीमा गरि १ सय २६ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार माघ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सहजपुर–बोगटान–दिपायल सडक आयोजना निर्माणका लागि कैलाली र डोटीमा गरि १ सय २६ दशमलव ५० हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भनिएको छ, सहजपुर–बोगटान–दिपायल सडक आयोजना ९५८ कि.मी. पहिलो खण्ड को राइट अफ वे’ को निर्माण गर्न तथा उक्त सडकका आवश्यक संरचनाहरु तयार समेत गर्नका लागि कैलाली र डोटी जिल्लाअन्तर्गत रहेको कूल जम्मा १२६.५० हेक्टर राष्ट्रिय वन क्षेत्र ( विभिन्न सामुदायिक वनहरु लगायतको राष्ट्रिय वन क्षेत्र ) प्रयोग गर्न दिने र तहाँ रहेका कूल जम्मा ३७९५ वटा रुखहरु हटाउन समेत स्वीकृति दिने।’


२८ माघ २०७७, बुधवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु