बैतडीमा एकजना पुरुष मृत फेला

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३ मंगरौंका ३८ वषीय खेमराज जोशी मङ्गलबार दिउँसो धर्मघरको पानीको धाराभन्दा केही तल रुखमा झुण्डीको अवस्थामा फेला परेका हुन्।

मृतक जोशीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पलात बैतडी लगिएको स्थानीयले जनाए। शवको आज पोस्टमार्टम हुने जिल्ला अस्पताल बैतडीले जनाएको छ।

मृतक जोशीका घरमा दुई छोरा र एक छोरी रहेका छन्। दोगडाकेदार गाउँपालिका–३ का वडाअध्यक्ष चन्द्रदेव जोेशीका अनुसार घरायसी झगडा भएको भन्ने सुन्नमा आएको छ । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ।


२८ माघ २०७७, बुधवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु