आज सुनको मूल्य स्थिर, कति छ मूल्य ?
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि तोलाको ९० हजार ९०० रुपैयाँमै कारोबार भइरहेको छ ।
बुधवार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।
२८ माघ २०७७, बुधवार ११:३४ बजे प्रकाशित












