बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैन : महान्यायाधिवक्ता

  1. सोमबार संसद् विघटनविरुद्धको रिटमा सरकारी पक्षको तर्फबाट बहस गर्दै उनले अहिले आफू सरकारको प्रतिरक्षा गर्ने स्थानमा भएको बता

‘‘मैले पहिला भिडियोमा बोलेको कुरा ठिक छ । बहुमतप्राप्त दलले संसद् विघटन गर्न सक्दैन । अहिले पनि म त्यही भन्छु । तर, अहिले म सरकारको प्रतिरक्षा गर्ने स्थानमा भएकाले बोलिरहेको छु,’’ उनले भने ।

उनले अगाडि भने, ‘‘सरकारको प्रतिरक्षा गर्नु महान्यायाधिवक्ताको संवैधानिक दायित्व हो । यो संवैधानिक दायित्वबाट महान्यायाधिवक्ता पन्छिन मिल्दैन ।’’

संविधानसभाका तत्कालीन सभासद् रहेका खरेल संविधान मस्यौदा समितिमा विज्ञ सदस्यका रुपमा काम गरेका व्यक्ति हुन् । उनले विगतमा बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने संविधानको व्यवस्थाका बारेमा विभिन्न ठाउँमा बोलेका थिए ।

त्यति बेलाको भिडियो प्रमाणका रुपमा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेस गरिएको छ । खरेलले सोमबार बहसका क्रममा आफूले दिएको अभिव्यक्ति ठिक भएको, अहिले पनि आफू त्यसकै पक्षमा रहेको तर अहिले आफू सरकारको बचाउ गर्ने ठाउँमा भएको बताए ।

 


१९ माघ २०७७, सोमवार १२:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु