संसद बैठक बोलाएर प्रधानमन्त्री हटाउन सक्ने विकल्प छँदैछ : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई दुई तिहाई बहुमतले हटाउन सक्ने विकल्प बाँकीनै रहेको बताएका छन् ।

धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा वैधानिक रुपमा विघटन नभएकाले प्रधानमन्त्रीलाई हटाउन सक्ने विकल्प रहेको बताएका हुन् । उनले संसदबाट दुई तिहाई बढी बहुमतका साथ ओलीलाई हटाउन सकिने बताए ।

‘सबै दलहरु संसद विघटनको पक्षमा रहेकाले संसदबाट ओलीलाई हटाउन सकिन्छ,’ उनले भने, ‘ओलीलाई हटाउने अन्तिम विकल्प त्यही हो ।’ उनले ओली नेतृत्वको सरकार विघटनको नजिक पुगेको बताए ।

 


१७ माघ २०७७, शनिवार १५:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु