Hotel Flora Long Ad

कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु

अष्ट्रेलियामा कुखुराको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कुुराको भालेले ठुँगेर एक ६७ वर्षीया वृद्धाको ज्यान गएको हो।

घरमा पालेको कुखुराले वृद्धाको देब्रे खुट्टामा ठुँग्दा अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कुखुराको टोकाइबाट मानिसको मृत्युजस्तो आश्चर्यजनक घटना भएपछि त्यसबारे अध्ययन गर्न रोग विज्ञहरुको एक टोलीले त्यसको अध्ययन गरेको थियो । अध्ययनका अनुसार रक्तनली फुटेकाले रक्तश्राव रोकिएको थिएन ।

अनुसन्धानका क्रममा वृद्धा उच्च रक्तचाप, रगतमा अत्याधिक मात्रामा बोसो, मधुमेह र रक्तनली सुन्निनेजस्ता समस्याबाट ग्रसित थिइन् ।


१७ माघ २०७७, शनिवार १३:४१ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु