चिसोमा घरमै गर्नुहोस् कफको समस्या समाधान

एजेन्सी
चिसो मौसममा रुघोखोकी, छाती दुख्ने, कफल जम्नेलगायतका समस्याहरु देखा पर्नेगर्छन् । त्यसमध्ये यहाँ हामी कफको समस्या घरमै बसेर कसरी समाधान गर्ने भन्नेबारेमा केही टिप्स दिन्छौं ।

छातीमा कफ जम्दा सास फेर्न मात्रै समस्या हुँदैन, यसले अरु धेरै समस्या निम्त्याउँछ। छातीमा कफ जम्ने समस्या समाधान गर्न एन्टिबायोटिकभन्दा घरेलु औषधि प्रभावकारी हुन्छ।

यी हुन् घरेलु उपचार :

मह र कागती

एक चम्चा शुद्ध मह र दुई चम्चा कागतीको रस मिसाएर पिउँदा आराम मिल्छ। महमा एन्टिब्याक्टेरियल र एन्टी फंगल हुन्छ। कागतीमा भरपुर भिटामिन सी पाइन्छ। यसले छाती र घाँटीलाई तुरुन्त आराम पुर्याउँछ।

मरिच

मरिच श्वासप्रश्वासको समस्या समाप्त गर्न चामत्कारिक औषधि मानिन्छ। एक कप पानीमा १५ २० दाना मरिच उमालेर मह मिसाएर पिउँदा फाइदा पुग्छ। मरिचमा ‘पाइपरलांगमाइन’ तत्त्व पाइन्छ। यसले शरीरमा एन्जाइम बन्नबाट रोक्छ। एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ। कफको कारण बन्छ।

तातोपानी

कफ जमेको वेला हल्का तातोपानी पिउनु फाइदाजनक हुन्छ। यसले छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ। कागती पानी वा कागतीको चिया पिएर पनि समस्या समाधान गर्न सकिन्छ।

नुनपानी

नुनपानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ। जमेको कफ निस्किन्छ। यसले घाँटी सफा हुन्छ र सबै किटाणु पनि मर्छन्।

बेसार

तातोपानीमा एक चम्चा बेसार मिसाउनुहोस्। बेसारमा ‘करक्युमिन’ तत्त्व पाइन्छ, जसमा धेरै नै शक्तिशाली एन्टिब्याक्टेरियल गुण हुन्छ। यसले कफलाई पातलो बनाउन मद्दत गर्छ ।


१७ माघ २०७७, शनिवार १४:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु