punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनको अघोषित नाकावन्दी विरुद्ध प्रदर्शन

Chaupati
safha napa

स्थानीय व्यावसायीहरुले चीनको अघोषित नाकावन्दीविरुद्ध प्रदर्शन गरेका छन्। व्यावसायीहरुले रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनको क्रममा व्यावसायीहरुले व्यवसायीलाई गरिखान देउ, चीन वारीपारी कन्टेनरको सहज आवागमन सुनिश्चित गर, सीमामा बस्ने नेपालीको सुरक्षा सुनिश्चित गर।
अन्तर्राष्ट्रिय व्यापार कानुनको पालना गर, व्यापार तथा पारवाहन सम्झौता पालना गर, चीनसङ्ग सहज व्यापारको लागि पहल गर सरकार र अघोषित नाकावन्दी अन्त्य गर भन्दै प्लेकार्डसहित नाराबाजी लगाएका थिए।

सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको थियो। साथै अहिले रसुवागढी ः केरूङ नाका हुँदै सामान आउन सकेको छैन।

केही दिनअघि उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनको पछिल्लो रवैया प्रति असन्तुष्टि जनाए दिए । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उनले चीनको चर्को आलोचना समेत गरेका थिए।

मन्त्री भट्टका अनुसार पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको छ। मन्त्री भट्टले १० – १० महिनादेखि सामान रोकिएको बेला कन्टेनरको मूल्य समेत बढाएको भन्दै यो गलत भएको बताए ।


१७ माघ २०७७, शनिवार १२:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु