सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा ७७ जनाकोे नमूना परीक्षण गर्दा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६ जनाको नमूना परीक्षण गर्दा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा ७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १४ जनाको नमूना परीक्षण गर्दा १÷१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय १३ पुगेको छ ।


१७ माघ २०७७, शनिवार १३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु