punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘कोल्ड सेन्टर’ निर्माण कार्य तीब्र, ६० प्रतिशत काम सम्पन्न

Chaupati
safha napa

धनगढी उपमहागनरपालिका वडा नम्बर १८ मा निर्माण भइरहेको कोल्ड सेन्टर (सितगृह) निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको छ ।

कोल्ड सेन्टर चालु आर्थिक वर्ष २०७७/७८ भित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने मिति तोकिएको छ । तोकिएको मितिभित्रै निर्माण सम्पन्न गर्ने गरि काम भइरहेको निर्माण कम्पनी रबिना कन्ट्रक्सनका प्रोजेक्ट इन्जिनियर नविन भण्डारीले जानकारी दिए ।

यसअघि दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने लक्ष्य तोकिएको भएपनि कोरोना भाइरस संक्रमण फैलिएपछि गरिएको लकडाउनका कारण अहिले ६ महिना समय थप गरेर काम अगाडि बढेको उनले बताए ।

यसअघि तोकिएको समयअनुसार गएको मंसिर महिनाभित्रै कोल्ड सेन्टर निर्माणको काम सक्नुपर्ने थियो । सरकारले निर्माण कम्पनी रबिना कन्ट्रक्सनसंग २०७५ मंसिर १८ गते दुई वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो ।

अहिले ६ महिना थप गरिएपछि चालू आर्थिक वर्षको अन्तिम असार महिनाभित्रै निर्माण गरिसक्नुपर्ने समय छ । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले दाबी पनि गरेको छ । कोरोनाका कारण गत वर्ष चैत्र ११ गतेदेखिनै लकडाउन गरिएपछि निर्माणको काम रोकिएको र तोकिएकै समयमा काम सम्पन्न गर्न नसकिएको इन्जिनियर भण्डारीले बताए ।

‘कोरोना भाइरसका कारण गरिएको लकडाउन अघि पनि सामान नहुँदा काममा ढिलाइ भइरहेकै थियोे,’ इन्जिनियर भण्डारीले भने, ‘सबै सामान भारतबाट ल्याउनुपर्ने अवस्था, त्यसैमाथि लकडाउन भएपनि काम पूर्णरुपमा ठप्प नै भयो ।’

संघीय सरकारको १० करोड ४९ लाख ७३ हजार रुपैयाँको लगानीमा १५ कट्टा क्षेत्रफलमा कोल्ड सेन्टर निर्माण भइरहेको छ । दुई हजार मेट्रिकटन भण्डारण क्षमता भएको कोल्ड सेन्टरमा स्थानीयस्तरमा उत्पादित तरकारी भण्डारण गरिनेछ । कोल्ड सेन्टर बन्ने भएपछि यस क्षेत्रका किसानहरु पनि खुशी भएका छन् ।

कोल्ड सेन्टर नहुँदा यस क्षेत्रमा उत्पादित तरकारी तथा खाद्यन्न भण्डारणमा समस्या हुँदै आएको छ । कोल्ड सेन्टर बनेमा मौसममा उत्पादित तरकारी तथा खाद्यान्नलाई भण्डारण गरेर बेमौसममा पनि प्रयोग गर्न सकिने ज्ञान केन्द्र कैलालीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत खगेन्द्र शर्माले बताए ।

उनले यसले यस क्षेत्रका किसानलाई तरकारी खेतीतर्फ लाग्न प्रेरित पनि हुने बताए । ‘यस क्षेत्रका लागि कोल्ड सेन्टर अति आवश्यक हो,’ उनले भने, ‘तरकारी उत्पादन भइसकेपछि कहाँ लिएर राख्ने भन्ने समस्या हुँदैन । यसले गर्दा यहाँका किसानलाई पनि तरकारी खेतीतर्फ आकषित हुन मद्दत पनि पुग्छ ।’


३ माघ २०७७, शनिवार १८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु