दोधरा चाँदनी झोलुङ्गे पुल मर्मत गरिने
कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत (सम्भार) गरिने भएको छ । ठाँउठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको पुलको शनिबार देखि मर्मत (सम्भार) कार्य सुरु गरिने हो ।
पुलको मर्मत गर्नका लागि पौष १७ र १८ गते दुई दिन दैनिक साढे ३ घण्टाका लागि आवागमन बन्द गरिने दोधारा चाँदनी नगरपालिका कार्यालयले जानकारी दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त जोशीले पुलको मर्मतका लागि बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म पुलमा आवागमन बन्द गर्ने निर्णय गरिएको जानकारी गराए ।
१८ पुस २०७७, शनिवार १२:३६ बजे प्रकाशित













