punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधिसभा विघटनविरुद्ध आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

Chaupati
safha napa

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल समूह) ले आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै छ ।

यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड–नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने जानकारी गराएका छन् ।

संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड–नेपाल समूह एक्लैले दोस्रो चरणको आन्दोलन (प्रदर्शन) सार्वजनिक गर्न लागेको छ ।

त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठक बसी दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

दोस्रो चरणका कार्यक्रम वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी नेकपा प्रचण्ड–नेपाल समूहले गरेको छ ।


१८ पुस २०७७, शनिवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु