punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दक्षिण कोरियामा पनि देखियो नयाँ रुपको कोरोना भाइरस

Chaupati
safha napa

दक्षिण कोरियामा पनि कोरोना भाइरसको अर्को रुप देखिएको छ । सबैभन्दा पहिले बेलायतमा देखिएको नयाँ रुपको कोरोनाभाइरसको संक्रमण दक्षिण कोरियामा पनि देखापरेको हो।

कोरियाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सी –केडीसीए०ले लण्डनबाट गत डिसेम्बर २२ मा आएका व्यक्तिमा सो संक्रमण फेला परेको जनाएको छ । यो सँगै दक्षिण कोरियाले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई झनै तीब्र बनाएर लैजाने भएको छ ।

त्यसो त कोरियामा गत शुक्रबार १२४१ जना कोरोना संक्रमित फेला परेको थियो । अहिले त्यहाँ कोरोनासंक्रमण तीब्र रुपमा फैलिइँदै गइरहेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, सोमबारसम्ममा दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १० लाख ४ हजार ४ सय ४३ पुगिसकेको छ ।

अहिलेसम्म तीनथरि नयाँ रुपको कोरोना संसारभरिका १३ देशहरुमा देखापरिसकेको छ । ती देशहरुमा अस्ट्रेलिया, डेनमार्क, क्यानडा, फ्रान्स, इटाली, जापान, जोर्डन, लेवनान, नेदलल्याण्ड्स, नाइजेरिया, सिंगापुर, स्पेन, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्वीडेन र बेलायत छन् ।

 


१३ पुस २०७७, सोमवार १५:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु