निर्वाचन क्षेत्रमा श्रम मन्त्री चौधरीको पुत्ला दहन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीको शनिवार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ ।

मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरिएको हो । उहाँले हामीलाई धोका दिनु भयो भन्दै नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले बिरोधमा पुत्ला दहन गरेको बताए ।

लामो समय दाहाल–नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेका हुन् ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रीपरिषद्बाट उनले श्रम मन्त्रीको जिम्मेवारी पाएका थिए ।


११ पुस २०७७, शनिवार १५:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु