punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मौसम पूर्वानुमान : तापक्रम बढ्ने

Chaupati
safha napa

पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका विभिन्न ठाउँमा कुहिरो लागेपनि तापक्रम भने बढ्ने रहने महाशाखाले जनाएको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भने बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको छ । आज अधिकतम तापक्रम १९ देखी २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

आज दिउँसो प्रदेश नम्बर १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा कुहिरो लाग्ने र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १ का पहाडी ठाउँहरुमा केहि बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहनेछ ।


९ पुस २०७७, बिहीवार ०७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु