punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटोरोलाले ल्यायो दुई दिनसम्म ब्याट्री टिक्ने दुई वटा स्मार्ट फोन

Chaupati
safha napa

मोटोरोलाले नेपाली बजारमा दुई वटा नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ। ट्रिपल क्यामेरा र २० वाटको टर्बोपावर चार्जिङसहितका ‘मोटो जि नाइन प्ले’ र ‘मोटो इ सेभेन प्लस’ स्मार्टफोन सार्वजनिक गरेको हो। मोटो जि नाइन प्लेमा दुई दिनसम्म टिक्ने ५० हजार एमएच ब्याट्री छ।

मोटोरोलाले कल मोबिलिटी समूहसँगको सहकार्यमा यी स्मार्टफोनहरु ल्याएको हो। विश्वव्यापी रुपमा नै मोटोरोलाका ई र जि उत्पादनको माग निकै बढेको कम्पनीले जनाएको छ। मोटोरोलाको दुई वटा नयाँ स्मार्ट फोनमा क्यामेरा र ब्याट्रीसमेत राम्रो रहेको उल्लेख गरिएको छ।

यसको मूल्य १९ हजार ९ सय ९० नेपाली रुपैयाँ छ । मोटो इ सेभेन प्लसमा ४८ एमपि एफ र १.७ सुटर उपलब्ध छ । टिकाउ ब्याट्रीसहित शक्तिशाली क्यामेरा जडान गरिएको छ । यसको मूल्य १६ हजार ५ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।


८ पुस २०७७, बुधवार १४:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु