अफगानिस्तानमा बम बिस्फोट, ९ को मृत्यु, मन्त्रीसहित २० बढी घाइते

अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ ।

बिस्फोटमा परेर अफगानिस्तानका आन्तरिक मामिला मन्त्री मसुद अन्दाराबीसहित २० जना भन्दा बढी घाइते भएका छन् ।

बिस्फोटका कारण कयौं सवारीसाधन र घरहरुमा क्षति पुगेको छ । घटना लगत्तै सुरक्षा व्यवस्था कडा गरी अनुसन्धान थालिएको छ ।

यसअघि गत मंगलबार भएको बिस्फोटमा प्रान्तीय गभर्नरसहित तीन जनाको मृत्यु भएको थियो ।

तालिवान विद्रोही र अफगान सरकारबीच शान्ति वार्ताका लागि वार्ता जारी रहेकै बेला बिस्फेटका घटनाहरु हुन थालेपछि अफगान सरकार सशंकित बनेको छ । एजेन्सी


६ पुस २०७७, सोमवार ०७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु