आगामी तीन दिनको मौसम पूर्वानुमान, कस्तो छ आज ?

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाकाअनुसार आज बिहान पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ । महाशाखाले जारी गरेको आगामी तीन दिन बिहीबार, शुक्रबार र शनिबारको मौसमको पूर्वानुमान यस्तो छ

पौष २ (बिहीबार)

दिउँसोः प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ३ गते (शुक्रबार)

दिउँसोः  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ४ गते (शनिबार)

दिउँसोः प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 


२ पुस २०७७, बिहीवार ०७:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु