शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द
बझाङको सुनकुडा माध्यमिक विद्यालयका शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ।
चैतदेखि बन्द रहेको विद्यालय यही मंसिर १५ गतेबाट सञ्चालनमा आएको थियो। तर शिक्षकलाई संक्रमण पुष्टि भएपछि विद्यालय पुनः पुस ५ गतेसम्म बन्द भएको प्रधानाध्यापक धनबहादुर बिष्टले बताए।
शिक्षकलाई संक्रमण देखिएपछि विद्यालयका अन्य शिक्षक विद्यार्थी गरी थप १२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको प्रधानाध्यापक बिष्टले जानकारी दिए ।
३० मंसिर २०७७, मंगलवार १४:५१ बजे प्रकाशित































