punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जब दुलाहा समलिङ्गी भएको रहस्य खुल्यो…

Chaupati
safha napa

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा प्रेम विवाह गरेका दुलाहा समलिङ्गी भएको खुलेको छ । यही मंसिर २६ गते विवाह गरेका दुलाहा समलिङ्गी भएको खुलेको दुलही पक्षका व्यक्तिहरुले जानकारी दिएका छन् ।

गाउँपालिकाको वडा नम्बर–५ की २० युवती र लालझाडी गाउँपालिका–७ का युवकबीच गत बैशाखमा परिचय भयो। पछि उनीहरुबीच प्रेम सुरु भयो । सात महिनाको प्रेम सम्बन्धपछि दुवै जना आपसी सल्लाहमै विवाह गर्न राजी भएका थिए ।

विवाह भएपछि मात्र दुलाह पनि समलिङ्गी भएको कुरा युवतीले थाहा पाएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

युवती पक्षले झुक्याएर विवाह गरेको आरोप लगाउँदै प्रहरीमा उजुरीसमेत दिएका छन् । तर स्पष्ट कानूनी व्यवस्था नहुँदा मुद्दा अगाडी बढाउन नसकिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीले अहिले दुवैजनालाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाएको छ।


३० मंसिर २०७७, मंगलवार १४:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु