punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१३ वर्षीया बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैद

Chaupati
safha napa

सप्तरीमा एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार ८ वर्ष कैद सजाय गरेको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको हो। उनी विसं २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले आरोपितलाई आठ वर्ष कैद सजायका साथै १० हजार जरिवानाको फैसलासमेत भएको बताए।

शम्भुनाथ नगरपालिका–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका आरोपितले १३ वर्षीया बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७४ फागुन २० गते उजुरी दिएकी थिइन।

पटक–पटक आरोपितले बलात्कार गरेको कुरा पीडित बालिकाले ढिलो गरी बताएकाले प्रहरीमा कारवाहीका लागि उजुरी गर्न ढिलाइ भएको पीडितकी आमाले बताइन।

प्रहरीले आरोपितलाई २०७४ फागुन २२ गते पक्राउ गरेकामा अदालतको आदेशमा २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा राखिएको छ।


३० मंसिर २०७७, मंगलवार १५:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु