बझाङमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते
बझाङमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार बा३क ६०० नम्बरको नागार्जुन कष्ट्रक्सनको टिपर दुर्घटनामा परेको हो।
दुर्घटनामा मजदुरहरु मनोज गाहमगर र मनोज भट्टको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।
चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन्। घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। टिप्पर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
२७ मंसिर २०७७, शनिवार २०:०० बजे प्रकाशित













