punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवतीका विषयमा विवाद हुँदा हत्या

Chaupati
safha napa

युवतीको विषयमा विवाद हुँदा ललितपुरमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । गोदावरी नगरपालिका–११ चापागाउँमा बस्दै आएका सिन्धुली फिकल गाउँपालिका–४ का ३७ वर्षीय कुमार भन्ने नारायण बहादुर श्रेष्ठको हत्या भएको हो।

केटीको विषयलाई लिएर श्रेष्ठको कुटपिट गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर रौतामाई गाउँपालिका–८ घर भएका २८ वर्षीय मिलन रानामगरलाई प्रहरीले पक्राउ गरेको छ।

युवतीको बिषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ हराइरहेको खबर सार्वभन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले रानामगरलाई नियन्त्रणमा लिई श्रेष्ठको खोजी गर्ने क्रममा गोदावरी नगरपालिका(११ बज्रबाराही गुम्बा पछाडी तोरीबारीमा शुक्रबार साँझ श्रेष्ठको शव फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


२७ मंसिर २०७७, शनिवार १८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु