माछासहित एक लाख मूल्य बराबरको अवैध सामान बरामद
कञ्चनपुरमा माछासहित करिब १ लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्ट सहित बिओपि जिमुवा र बिओपि दोधाराचाँदनीबाट खटिएको टोलीले अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएका चिनी, युरीया मल, बिडी, चियापत्ति, स्विट सुपारी, मैदा, पर्दा र माछा गरी ९६ हजार ९ सय मूल्यको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
१८ मंसिर २०७७, बिहीवार १४:०१ बजे प्रकाशित































