punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मंसिर २२ गते विवाह गर्दै विजयन्द्र सिहं रावतसँग श्वेता

Chaupati
safha napa

अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्।मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।

उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन् ।

विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ।यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।

कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा दिल्लीमा मृत्यु भएको थियो।


१८ मंसिर २०७७, बिहीवार १३:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु