बेलौरीमा अत्यावश्यक सेवाबाहेकका सम्पुर्ण सेवा बन्द

बेलौरी नगरपालिका कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सम्पुर्ण सेवा एक साताका लागि बन्द गरिएको छ।

बेलौरी नगरपालिकाकी उपप्रमुख चित्रकुमारी चौधरीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

उपप्रमुख चौधरीको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव संकलन गरी जाँच गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय मंसिर १८ देखि २४ सम्म सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ। यस्तै, वडा नम्बर ४, ५ र ६ का कार्यालय समेत बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले बताएका छन ।

कन्ट्रयाक्ट ट्रेसिङसँगै नगरपालिका कार्यालय सेनेटाइज गर्न नगरपालिका कार्यालय र वडा कार्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी गराए ।


१८ मंसिर २०७७, बिहीवार १३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु