विप्लव समूहका दुई कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीय प्रेम दर्नाल र ३९ वर्षीय सञ्जिव नेपाली छन्।
उनीहरूलाई शुक्रबार राति ललितपुर महानगरपालिकाको ज्वागलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)टेकप्रसाद राईले जानकारी दिए।
६ मंसिर २०७७, शनिवार १४:५९ बजे प्रकाशित













