punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एआईजी छोडेर डिआइजीमा बढुवा तयारी, दुई दर्जन एसएसपी प्रतिस्पर्धामा

Chaupati
safha napa

मन्त्रिपरिषद्बाट प्रहरीको ओएण्डएम प्रतिवेदन पास भएसँगै नेपाल प्रहरीमा बढुवाको दौडधुप सुरु भएको छ । मन्त्रिपरिषद्ले एक एआईजी र पाँच डिआईजीको दरबन्दी थप गरेको छ ।

चलखेलका आधारमा व्यक्ति बिशेषका लागि एआईजीको दरबन्दी थप भएकाले तत्काल बढुवा प्रक्रिया अघि नबढाउने गृह मन्त्रालयको तयारी छ । डिआईजीबाट बढुवा प्रक्रिया अघि बढाउन लागिएको छ ।

थपिएको एआईजीमा बढुवा गर्दाृ डिआईजीका नौ पद रिक्त हुनेमा त्यसमा बढुवा नभए आठ पद मात्र रिक्त हुनेछन् । आठ पदमा दुई दर्जन एसएसपीबीच बढुवाको प्रतिस्पर्धा छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा बढुवाका दाबेदार हुन् ।

उनीहरुमध्ये देवबहादुर बोहराले भीम रावलको पावर लगाएका छन् भने गणेश ऐरलाई प्रचण्डको साथ छ । यसअघिको बढुवामा ऐरलाई छुटाएको भन्दै प्रचण्ड रिसाएका थिए । शौरभ राणा हालै निलम्बन फुकुवा भएकाले उनको सम्भावना कमजोर छ । तर, पछिल्लो ब्याचका एसएसपीहरु यतिबेला शक्तिशाली छन् ।

पछिल्लो ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् । आफ्नो ब्याचबाट आईजिपीकै प्रतिस्पर्धीका रुपमा हेरिएका लोहनी सुन काण्डमा फसेपछि बढुवामा पछि परे । पूजा सिंह पूर्व राष्ट्रपति डा रामवरण यादबको पावर लगाएकी छिन् । तर, काभ्रेमा हुँदा आर्थिक अनियमितता गरेको घटनाले उनलाई समस्या हुने देखिन्छ ।

नरबहादुर खत्री गृह जिल्ला गुल्मीका नेकपा नेताहरुकोमा धाइरहेका छन् । मोहन आचार्य प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको पावरका भरमा डिआईजी हुने सपनामा छन् । मसाउद आलम खाँ मुस्लिम समुदायको व्यक्तिलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै लबिङमा छन् । नल प्रसाद उपाध्यायले गृहमन्त्री बादलका छोरा प्रतिकसँग सेटिङ मिलाएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच सम्बन्ध बिग्रिएकाले प्रचण्डको भर परेका एसएसपीहरु छुट्ने सम्भावना समेत देखिएको छ । प्रहरी समायोजन अघि नै बढुवा तथा सरुवा गर्नुपर्ने भएकाले छिट्टै बढुवाको निर्णय हुने सम्भावना छ । यो समाचार दृष्टि साप्ताहिक


६ मंसिर २०७७, शनिवार १३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु