प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइले पास
प्रदेश नम्बर ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा दुई तिहाई बहुमतले प्रस्ताव पास भएको हो ।
प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।
२० असोज २०७७, मंगलवार १६:१३ बजे प्रकाशित













