punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कृषि विकास बैंक ह्याक गर्ने एकजना भारतीय नागरिक पक्राउ

Chaupati
safha napa

कृषि विकास बैंकको वित्तीय प्रणाली ह्याक गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट एकजनालाई पक्राउ गरेको छ ।

पश्चिमी सिमानाका गड्डाचौकी क्षेत्रबाट बित्तिय प्रणाली ह्याक गर्ने भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा भारतको उत्तराखण्ड प्रदेशको चम्पावत जिल्लाको बनवासा बस्ने ५५ वर्षीय सुशील गर्ग रहेको जानकारी दिए।

प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाका अनुसार निजमाथि अनाधिकृत रुपमा विद्युतीय माध्यमको दुरुपयोग गरी वित्तिय प्रणालीमा पहुँच राख्दै विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोप छ।

गर्गलाई पक्राउ गरी महानगरिय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


२० असोज २०७७, मंगलवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु