punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनसेलले ल्यायो ‘कुरै कुरामा उपहार’ योजना

Chaupati
safha napa

दशैंलाई लक्षित गर्दै एनसेलले ग्राहकका लागि ‘कुरै कुरामा उपहार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाई, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सकिन्छ । एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन्।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबार (असोज १८) देखि लागु भई आठ हप्ता अर्थात मंसिर १३ सम्म कायम रहनेछ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागि हुन सक्नेछन् । यस योजनामा सहभागि हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुनेछन्।

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन्।

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरु मध्य प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइने एनसेल आजियाटा लिमिटेडका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले बताए। दैनिक उपहार अन्तर्गत ग्राहकले रु २०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन्।

साप्ताहिक उपहारमा साताभरी धेरै कुरा गर्ने ग्राहकहरु मध्य सातै प्रदेशका १÷१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एम०१एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्नेछन्। त्यसैगरी यो योजना अवधिभर सबै भन्दा बढि मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ।

यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ । साप्ताहिक चक्र आइतबार सुरु भई शनिबार समाप्त हुनेछ । दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तानतरण गर्नेछ।


१८ असोज २०७७, आइतवार १३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु