punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमण तीब्र, आजै थपिए १ हजार ९११ सङ्क्रमित

Chaupati
safha napa

नेपालमा गएको २४ घण्टामा एक हजार नौ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससंगै देशभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७९ हजार सात सय २८ पुगेको छ । गएको

पछिल्लो २४ घण्टामा १२ हजार चार सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ११ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा नौ सय ६१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार तीन सय ८९ पुगेको छ ।

अब नेपालमा २१ हजार आठ सय ३० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार ७७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय नौ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।


१५ असोज २०७७, बिहीवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु