Hotel Flora Long Ad

नेपालमा सार्वजनिक हुँदैछ ओप्पो एफ १७ प्रो, यस्ता छन् विशेषता

ओप्पोले नयाँ स्मार्टफोन ओपो एफ १७ प्रो नेपालमा सार्वजनिक गर्दैछ । कम्पनीले असोज ११ गते अनलाइन ईभेन्ट मार्फत एफ १७ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

अग्रगामी सोच सहित डिजाइन मार्फत ओपोले उपभोक्तालाई प्रविधि मार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ ।

ओपो एफ १७ प्रोमा ६ ओटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याश चार्ज ४।० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध छन् ।
एफ १७ प्रोमा ६ एआई पोट्रेट फङ्सन र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरिय बनाउन सघाउँछ ।

यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता समेत प्रदान गर्छ ।

ओपो एफ १७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्लेका साथमा आउने यो फोनमा नवप्रबर्तनात्मक शाइनी म्याट रंगहरुको प्रयोग गरिएको छ ।

मोटाई जम्मा ७।४८ ग्राम सहितको ओपो एफ१७ प्रोको वजन १६४ ग्राम रहेको छ । २२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मूथ र आरामदायी अनुभव हुन्छ ।
एफ १७ प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६।४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्च होल्स रहेको यो फोनमा ९०।७ स्क्रिन टू बडी रेसियो छ ।

३० वाट भोक फ्ल्याश चार्ज ४।०

एफ १७ प्रोमा कम्पनीले मात्र ५३ मिनेट भित्र पूर्ण चार्ज हुने क्षमता सहितको ३० वाट भोक फ्ल्याश चार्ज ४।० उपलब्ध गराएको छ । यो प्रविधि बाट चार्जिङ मात्र तिब्र गतिमा हुने नभइ चार्जिङको समयमा फोन तात्ने समस्यापनि न्यूनिकरण ल्याउँछ ।

यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४ प्रतिशत चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइमपनि उपलब्ध गराउँछ ।

टप फोन मेटेरियल ट्रेण्ड

ओपो एफ १७ प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ । फिंगरप्रिन्टको समस्या समाधान गर्दै फिंगरप्रिन्ट प्रुफ फिनिश दिँदै फोनलाई उच्च कोटीको प्रिमियम ईफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरि पृथक शाइनी म्याट कलरको प्रयोग गरिएको छ ।

उपभोक्ताको ब्यक्तित्व तथा स्टाइल झल्काउन रंगले ठूलो भूमिका खेल्छ भन्ने ओपोको विश्वास छ । यही कुरालाई दृष्टिगत गर्दै एफ १७ प्रो कम्पनीले दूई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

८ असोज २०७७, बिहीवार १४:११ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु