काँग्रेस महामन्त्री कोइराला संक्रमणमुक्त

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना संक्रमण मुक्त भएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका हुन् । उनको स्वाब परीक्षणकाक्रममा बिहीबार ‘नेगेटिभ’ देखिएको हो ।

गत शनिबार चाबहिलस्थित ओम अस्पतालबाट उपचारपछि ‘डिस्चार्ज’ भएका महामन्त्री डा। कोइराला चिकित्सकको सल्लाहअनुसार ‘होम आइसोलेसन’मा रहेका थिए ।

उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए ।


८ असोज २०७७, बिहीवार १८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु