सुनको मूल्य निरन्तर घट्दै, कति छ आज ?
सुनको मूल्य अहिले निरन्तर ओरालो लागिरहेको छ । आज पनि सुन तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै ९३ हजार एक सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि घट्दै छ । चाँदी आज पनि तोलामा ७० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय २० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा कारोबार भर्को महासङ्घले जनाएको छ ।
८ असोज २०७७, बिहीवार ११:३९ बजे प्रकाशित













